सरकारले विद्युत लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको छ ।
हिजो बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गर्दै लाईन जोड्न निर्देशन दिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्योगमा विद्युत आपूर्ति बन्दा उत्पादन घट्न गएको, राजश्व संकलनमा असर पुगेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै विद्युत लाईन जोड्न निर्देशन दिएको बताउनु भएको छ । उहाँले विद्युत लाइन सुचारु नभएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिएको समेत बताउनु भएको छ । त्यस्तै १५ दिनभित्र उद्योगहरुले खपथ गरेको विद्युतको वक्यौता रकम बिलअनुसार असुल उपर गर्न पनि निर्देशन दिएको छ ।