प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबद्वारा नेपाल पुलिस क्लबलाई पराजित

Everest Fuji News २०८१ चैत्र १४ मा प्रकाशित       Published at 2025 Mar 28


काठमाडौँ/


प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।बिहीबार रुपन्देहीको एक्स्ट्रा टेक ओभलमा भएको खेलमा आर्मीले पुलिसलाई ४ विकेटले पराजित गरेको हो । पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा विवेक कुमार यादवले सर्वाधिक ४१ रन जोडे ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१ दशमलव ४ ओभरमा १ सय ४८ रनमा अल आउट भएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ५० रनको योगदान दिए ।

यस्तै प्रतियोगीता अन्तर्गत सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशसँग ४ विकेटले पराजित हुँदै बागमती प्रदेशले चौथो स्थानमा चित्त बुझायो । बागमतीले दिएको २ सय ६० रनको लक्ष्य मधेशले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ७० रन जोडे ।त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५९ रन बनाएको थियो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक १ सय १४ रन बनाए ।अब शनिवार हुने फाइनलमा साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी खेल्नेछन् । 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.