वुमन्स डे कप टी–२० अन्र्तराष्ट्रिय क्रिकेट खेलमा युगाण्डाको जीत

Everest Fuji News २०८१ फाल्गुन ३० मा प्रकाशित       Published at 2025 Mar 14


युगाण्डामा जारी वुमन्स डे कप टी–२० अन्र्तराष्ट्रिय क्रिकेट सृखंलामा नेपालको पुनः हार भएको छ । 

हिजो भएको सो खेलमा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर एक बलमा ५१ रनमा अल आउट भएको थियो । नेपालका लागि कविता जोशीले १२ तथा कप्तान इन्दु बर्माले ११ रन लिएका थिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । भने युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन बनाएका थिए । नेपालका रिया शर्माले २ तथा रुविना क्षेत्री, पूजा महतो र इश्वरी बिष्टले समान १ विकेट लिएका थिए । यसअघिको खेलमा नेपालले युगाण्डालाई १ विकेटले पराजित गरेको थियो । प्रतियोगितामा आज नेपाल र हङकङबीच खेल हुने कार्य तालिका रहेको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.