केपी ओली फुटबल टिमलाई ४–० ले हराउदै मछिन्द्र फुटबल क्लब फाइनलमा प्रबेश गरेकोे छ ।
अब मछिन्द्र फुटबल क्लबले फाइनलमा त्रिभुवन आर्मी क्लबसंग खेल्ने भएको छ । पहिलो सेमिफाइनलमा आर्मीले संकटा क्लबलाई २–० ले पराजित गरेको थियो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका विदेशी खेलाडी स्टेफन जालीले दुई तथा मनिष डाँगी र रोशन रानामगरले एक÷एक गोल गरेका थिए । पूर्वार्धको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहदाँ मनिषको गोलबाट मछिन्द्रले अग्रता बनाएको थियो । सनिस श्रेष्ठले मैदानको दायाँ भागबाट गरेको व्रmस बललाई मनिषले गोल गरेका थिए ।।