इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी खेल अन्र्तगत अफगानिस्तानको जीत

Everest Fuji News २०८१ फाल्गुन १७ मा प्रकाशित       Published at 2025 Mar 01


काठमाडौं

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । 

अफगानिस्तानसँग ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट बाहिरिएको हो । ३ सय २६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९ ओभर ५ बलमा ३ सय १७ रनमा समेटिएपछि अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ओडिआईमा दोस्रो पटक हराउन सफल भएको हो । २ वर्ष अघि भारतमा भएको ओडिआई विश्व कपमा अफगानिस्तान विजयी भएको थियो ।

विहिबारको खेलमा इङ्ग्ल्याण्डका लागि जो रुटले सर्वाधिक १ सय २० रन बनाएका थिए । अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईंले ५ विकेट लिएका थिए । त्यसअघि पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक १ सय ७७ रन बनाएका थिए । इङ्ग्ल्याण्डका लागि जोफ्रा आर्चरले ३, लियम लिभिङ्स्टोनले २ विकेट लिएका थिए भने इङ्ग्ल्याण्ड लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । इङ्ग्ल्याण्ड पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.