एनआरएन जापानको आयोजनामा आउदो अगस्त ६ र ७ तारीख़मा हुन लागेको नेपाल फ़ेस्टिवल २०१६ को तयारी तीव्र गतिमा अघि बढेको छ । नेपाल फ़ेस्टिवल २०१६ योयोगि पार्कमा हुनेछ । स्टल बुकिङको समय सीमा भने सकिएको छ । कुल ५० वटा स्टल मध्ये खानाको २० वटा तथा संघसस्था गरि ३० वटा मध्ये २७ वटा स्टल बुकिङ सकिएको आयोजकले जनाएको छ । अतिथि देवो भव भन्ने मुलनाराका सम्पन्न हुन ग़ैरहेको नेपाल फ़ेस्टिवलको प्रचारप्रसार तीव्र भैरहेको एनआरएन जापानका अध्यक्ष तथा मूल आयोजक कमिटीका संयोजक सूदन थापाले बताउनु भयो ।
सोलमारी सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा तत्काल १० हजार वढी पर्चाहरु बाडिने तथा जापानी संचारमाध्यम मार्फत जापानीहरुलाई फेष्टिवल तयारी विषयमा जानकारी प्रवाह गरिरहने संयोजक थापाले जानकारी दिदै सम्पूर्ण जापानवासी नेपालीलाई यस नेपाल चिनाऊने अभियानका रूपमा साथ दिन आग्रह गर्नु भयको छ । पत्रकार सम्मेलनमा फेस्टिवल आयोजक विभागिय प्रमुखहरूद्वारा आफ्नो जिन्मेवारी अनुसारको काम गरिरहेको बताएका थिय । फ़ेस्टिवलमा खाना बाहेकका स्टलहरु मध्ये रेमिटयान्स कम्पनी, ईन्टरनेट सेवा प्रदायक कम्पनी, ट्राभल्स तथा टुर्स, रोजगारी प्रदायक कम्पनी सहित जापानमा सकृय विभिन्न संघसस्थाका नेपाल झल्काउने स्टलहरु सहभगिता हुने जनाइएको छ । कार्यक्रममा नेपाल फेष्टिवल कार्यक्रमका उपसयाेजक तथा जापानवासी नेपालीहरूमा सहयोग गर्दै आउनु भएका जापानी नागरिक डा कोयावासी कार्यक्रममा जापानीहरुको सहभागिता घटदोक्रममा रहेकाले यस वारे सजग रुपमा प्रचारप्रसारमा लाग्न आग्रह गर्नुभयो ।
यस्तै एनआरएनए आईसीसी सदस्य भूषण घिमिरेले हरेक नेपालीहरुका लागि फेष्टिवल जापानीहरुमा नेपाल चिनाउने अवसर भएकाले एक जुट भएर कार्यक्रम सफल बनाउनु पर्नेकुरामा जोड दिनुभयो । कार्यक्रममा एनआरएनए जापानका विभिन्न प्रनितिधिहरु सहित फेष्टिवल मुल आयोजक समितिका विभिन्न विभागका विभागिय प्रमुखहरुले आफनो जिम्मेवारी अनुसारको कार्य विवरण वारेमा जानकारी गराउनु भएको थियो । एनआरएनए जापानका सचिव बुद्धिराज घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष देवीलाल भण्डारी, प्रवत्ता संदीप ढुङ्गाना, तमुधी जापानका अध्यक्ष श्री गुरुङ, थकाली सेवा समाज जापानका अध्यक्ष बुद्धि गौचन, बाँके वर्दिया समाज जापानका अध्यक्ष जनक विक्रम शाही , हामीले नगरे कसले गर्ने ? अभियानका अन्तराष्ट्रीय संयोजक दीपकबाबु नेपाल ,नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री राजेन्द्र जम्मरकट्टेल र जनसम्पर्क समिति महासमिति सदस्य पासाङ शेर्पालेलगायतले आफनो धारणा राख्नु भयको थियो ।