प्रेमोला गौचन , जापान ।
शुक्रवार , फाल्गुण -१३ ।
एनआरएन जापान र उद्योग मन्त्रालयले बिच नेपालमा उत्पादित हस्तकला सामग्री लगायत अन्य वस्तुको बिदेशी बजार बिस्तार गर्नको लागि बिहिवार साँझ सम्झौता भएको छ ।
यो सम्झौता राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी , डेपुटी राजदूत कृष्ण चन्द्र अर्याल , गैर आवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष भवन भट्ट, एशिया प्यासिफिक सँयोजक किरण विक्रम थापाको रोहवरमा एन आर एन ( गैर आवासिय नेपाली संघ) जापानका अध्यक्ष सुदन थापा र नेपाल सरकारको उद्योग मन्त्री नविन्द्रराज जोशी बिच सम्झौता भएको हो ।
तर यसले पूर्णता पाउन भने उद्योग मन्त्रालयमा आधिकारीक दर्ता भए पछी मात्रै लागु हुनेछ ।
यो प्रकृया विदेशको हकमा पहिलो सम्झौता हो , यसले नेपालमा उत्पादित सामान बिक्री बितरणमा सहज हुने र नेपालमा आर्थिक वृद्धि भइ स्वदेशमै अर्थोउपार्जन गर्दै रोजगारको सृजना गर्न सकिने र युवाहरुलाई विदेश पलायन हुन बाट केही हदसम्म भय पनि रोक्न सकिने उद्योग मन्त्री जोशिको भनाइ छ । यसको लागि मन्त्रालय हरपल सहयोग गर्न तयार भएको मन्त्री जोशिले प्रतिवद्दता जाहेर गर्नु भएको छ ।
सम्झौता कार्यक्रम को विशिष्ट अतिथिको आसनबाट सम्बोधन गर्दै मन्त्री जोशिले भने 'हामीले बिदेशमा बस्ने नेपाली लगानिकर्तालाई सहजिकरणको लागि अनलाइन बाट पनि नेपालमा उधोग दर्ता गर्न सकिने प्रकृया अन्तिम चरणमा पुगेको छ । नेपाली युवालाई विविध तालिम दिई दक्ष जन शक्ती उत्पादन गरी स्तरिय सामानको विदेशमा निर्यात गर्न सकिने छ ।
नागरिकको हैसियत नबढे राष्ट्रको हैसियत नबढ्ने भएकोले नेपालको हाइड्रो पावर , खनिज पदार्थको सम्भावनालाई पनि बजार बिस्तार गर्नको लागि आवश्यक कदम चालिनेछ ।" उहाले थप्नु भयो राजनैतीक विचार आ- आफ्नै छन , तर राष्ट्रियताको लागि एक हुनु जरुरी छ , यसको लागि आर्थिक सम्ब्रिद्दिको लागि सबै नेपाली सरिक हुनु पर्ने बताउनु भयो ।
त्यस्तै अर्का विशिष्ट अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटिले कृषि र उद्योगलाई बढावा दिनको लागि भिटा ऐनलाई चाडै नै अनुमोदन गर्न आवश्यक रहेको बताउदै उहाले यो वर्ष २२ %ले धान बढी फलेको तर आवश्यक खाद्य वस्तु निर्यात भन्दा आयात बढेकोले यसमा सन्तुलन ल्याउन आवश्यक भएको उल्लेख गर्नु भयो ।
यो वर्ष धान वृद्धि सँगै लोड शेडिङमा पनि कमी आएकोले १२.५ ऋणात्मक अहिले घटेको बताउदै यो ६ महिनामा ९ % बैदेशिक रोजगारीमा जाने हरु पनि घटेकोले नेपालको आर्थिक सम्वृध्दिको लागि केही आशाहरु पलाएकोमा खुशी व्यक्त गर्नु भयो ।
उहाले बैंक वित्तिय संस्थाहरुमा केही अड्चनहरु बढेकोले राष्ट्र बैंकले ६% ब्याजमा ऋण पर्छ्योट गर्दा पनि २ अर्ब भन्दा माथि खर्च हुन नसेको पनि खुलासा गर्दै निकट भविस्यमा नेपालको सबै भन्दा ठुलो बैंक इन्स्फ्याक्चर क्यापिटल बैंक खोल्ने योजना पनि भएको बताउनु भएको छ ।
कार्य वाहक राजदूत कृष्ण चन्द्र अर्यालले जापान र नेपाल बिच एल सि खोल्न समस्या भएकोले नेपाली राजदुतावासमा पहलकदमिको लागि थुप्रै अनुरोध आएको बताउदै जापानको ओया टावन र नेपालको लुम्विनि सँग भगिनी संस्था भएको र नेपाली उत्पादन चिया लाई विस्तार गर्नमा जोड दिनु पर्ने सुझाव दिनु भयो ।
एन आर एन केन्द्रिय अध्यक्ष भवन भट्टले जापानमा पनि पहिले सा साना बैंक हरु मर्ज हुँदा जापानी हरु डराएर सरकारी जे पि बैंकमा डिपोजिट गरेको स्मरण गर्दै बैंकिङ नितीमा नेपाल सरकारले जनतालाई विश्वास दिलाउन सक्नु पर्छ । जापानी पूर्व प्रधानमन्त्री कोइजिमीको पालामा यो सा साना बैंक हरुलाई मर्ज गरी ठुला बैंक मित्सुबिशी र यू एफ जे बैंक मर्ज भई जापानको सबै भन्दा ठुलो बैंक मित्सुबिशी यू एफ जे बैंक , जापान भएको उल्लेख गर्नु भयो ।
यसका साथै नेपालको पर्यटन , नेपाली हस्तकला , खनिज वस्तूको प्रवर्धन , सम्वर्धन र विदेशी बजारमा विस्तार गर्नका लागि विस्वमा छरिएर रहेका गैर आवाशिय नेपालाई अनुरोध गरे ।
एनआरएनए प्यासिफिकका सँयोजक किरणविक्रम थापाले एनआरएन र उद्योग मन्त्रालयको सहकार्य अन्य देशमा पनि विस्तार पनि गर्दै लाने लक्ष्य भएको बताउदै हामीले काठमान्डौ बाहिर त परै छोडौ , काठमान्डौ र त्यस वरपरको खनिज तत्वको पनि सदुपयोग गर्न नसकेकोमा दु:ख व्यक्त गर्दै निकट भविस्यमा मलेशिया हुन गैरहेको मेलालाई सफल बनाउनको लागि सबै क्षेत्रबाट सहयोगको आशा रहेको बताउनु भयो ।
कार्यक्रमको उद्घघोषक एनआरएन जापानका महासचिव अनुज थापाले गरेका थिए भने उद्योगमा लगानी र बैंकिङ वारे कार्यक्रममा सहभागीहरुले विभिन्न विधामा प्रश्न गरेका थिए ।