Everest Fuji News२०७३ पुष २१ मा प्रकाशितPublished at 2017 Jan 05
टोक्यो स्थित , तोगोशी गिन्जा बस्दै आएका वर्ष ४२ का बिनोद तुलाचनको अक्स्मात मृत्यु भएको छ ,। चितवन नरपालीका मुग्लिङ् घर भई करिब ९ वर्ष देखी सपरिवार सहित जापान बस्दै आएका तुलाचन केही वर्षदेखी साधारण युरिक एसिडको बिमारी थिए । तर यस् ले उनलाई भने केही फरक पारेको थिएन , दैनिक दिनचर्याको लागि । तर जापानमा नयाँ सालमा दिईने साप्ताहिक बिदामा भने उनले साथीहरु सँग रमाउदै ४ दिन देखि रमाइ रहेका तुलाचन राति आफ्नै निवासमा अकस्मात बेहोस भए पछि तुरुन्तै एम्बुलेन्स बोलाइ अस्पताल पुर्याउदा चिकित्सकले मृत घोसित गरेको उनका पारिवारिक स्रोतबाट प्रत्यक्ष्य भेटमा बताए ।
।
हिजो राती करिब १० बजे निधन भएका बिनोद तुलाचन को प्रहरी अनुसन्धान लगायत अन्तिम सन्स्कार को दिन पनि सबै तय भई सकेको को छ । एन आर एन जापानका उपाध्यक्ष टाशी लामाका प्रिय मित्र समेत भएका तुलाचनको अन्तिम सन्स्कार यही डिसेम्बर ८ तारिख समेत गरिने जानकारी दिनु भयो ।
तत्कालै ६ महिना पहिले तुलाचनका बाबु को मृत्यु भएकोले स परिवार नेपाल गएर कृया शुद्दी गरेर फर्केका थिए ।
म्रितकको घरमा सान्त्वना दिने क्रम मा यस् पन्तीकार पुग्दा तुलाचन कि श्रीमती सनिशा तुलाचन अन्य इस्टमित्र सहित बिभिन्न कागजातको प्रकृयाको लागि शिनागावा ओडा कार्यालयमा गएका छन ।
भर्खरै थ से स जापानका अध्यक्ष बुध्दी गौचन लगायत अन्य इष्टमित्रहरु पनि आइपुगेका छन ।