कोलकत्ता लगेर मिर्गौला बेचिदिने एक जना पक्राउ

Everest Fuji News २०८० पुष १८ मा प्रकाशित       Published at 2024 Jan 03


काठमाडौं /

भारतको कोलकत्ता लगेर मिर्गौला बेचिदिने एक जना पक्राउ परेका छन्। मानव बेचबिखन व्युरोले नुवाकोट बेलकोटगढी-१३ का ४३ वर्षीय हरि दर्जीलाई पक्राउ गरेको छ। उनी २०६५ मा समेत मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरी छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

परिवर्तित नाम २६ बबरमहल (१०५) लाई दर्जीले कोलकत्तामा मःम पसलमा काममा लगाइदिने र मासिक ३० हजार भारु तलब पाइने प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ।कलकत्ताको मस्म पसलमा मासिक ३० हजारको जागिर लगाइदिन्छु भन्दै प्रलोभन देखाएर मानव अंग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रही फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका नेपालीले कलत्ताको मस्म पसलमा आकर्षक तलबसहितको जागिरको प्रलोभन देखाई नुवाकोटबाट पीडितलाई झापाको काँकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याएका थिए। त्यहाँ पीडितलाई झुक्याएर अस्पताल भर्ना गरेर बेहोस पारी मिर्गौला झिक्ने कार्यमा उनले सहयोग गरेका थिए।

पीडितको मिर्गौला अर्कै व्यक्तिलाई प्रत्यारोपण गरिएको थियो। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.