बजार ५ प्रतिशतले बढ्यो, कारोबार आजलाई बन्द

Everest Fuji News २०७३ चैत्र २० मा प्रकाशित       Published at 2017 Apr 02


काठमाडौं । सेयर बजार खुलेको साढे दुर्इ घण्टा नबित्दै नेप्से ५ प्रतिशतले बढेपछि आजलाई कारोबार स्थगित गरिएको छ । आज बजारमा दुई पटक सर्किट ब्रेक लागेको हो । १ बज्न ३ मिनेट बाँकी रहँदा बजा ४ प्रतिशत बढेर यसदिनको लागि पहिलो सर्किट ब्रेक लागेको थियो । कारोबार खुलेको दुई घण्टा नबित्दै बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेक पछि १ बजेर २७ मिनेटमा पुनः खुलेको बजार ६ मनिट मै ५ प्रतिशतले बढेपछि यस दिनको लागि कारोबार नै स्थगित गरिएको हो । ४ प्रतिशतले बजार बढ्दा आधा घण्टाको लागि कारोबार स्थगित गर्ने चलन छ । त्यस्तै, चुक्ता पुँजी वृद्धिको नयाँ निर्देशनपछि बजारमा सूचीकृत अधिकांश बीमा कम्पनीको सेयर १० प्रतिशतको हाराहारीमा बढेको छ । राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशनको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ । यस अघि १० प्रतिशत मूल्य बढेपछि सो कम्पनीको कारोबार त्यस दिनको लागि स्थगित गर्ने परिपाटी रहेपनि अहिले कारोबार रोक्ने चलन हटेको छ । सर्किट ब्रेक लागेका कम्पनीको पनि कसैले १० प्रतिशतभन्दा सेयर कारोबार गर्न चाहेमा भने गर्न सकिने व्यवस्था छ । त्यस्तै, प्राइम लाइफ, प्रिमियर, गुँरास लाइफको पनि सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । बीमा समूहको परिसूचक पनि ७ सय ७३३ अंक ( करीब ९. ३४ प्रतिशत) बढेको छ । बीमासँगै लघुवित्त कम्पनीहरु, बिकास बैंकहरुको समेत मूल्य १० प्रतिशतले बढेको छ । यस दिन बजारमा कारोबारमा आएका सबै समूहको परिसूचक बढेको छ । अढाई घण्टाको कारोबारमा पनि बजारमा ९४ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.