कोरिया जान साढे ७५ हजारको आवेदन, जेठ २७ र २८ गते भाषा परीक्षा हुने

Everest Fuji News २०७३ चैत्र १९ मा प्रकाशित       Published at 2017 Apr 01


काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका छन् । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ । तर, आगामी जेठ २७ र २८ गते सञ्चालन हुने भाषा परीक्षामा सामेल हुन साढे ७५ हजार बढीको आवेदन परेको छ । अहिले आवेदन रुजु गर्ने काम भइरहेको इपीएस कोरिया शाखाले जनाएको छ । गत वर्ष ३५ हजारका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ । ‘गतवर्षभन्दा यो वर्ष १५ हजार बढीको आवेदन परेको छ’ इपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले भने । यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो । कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको भण्डारीले बताए । विवरण सच्याउन पाइने यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् । उनले चैत २०देखि अनलाइन आवेदनमा कुनै गल्ति भए सच्याउन सकिने गरी २५ गतेसम्म सुनुवाईको ब्यवस्था गरिएको बताए । ‘अनलाइन आवेदन दिँदा कुनै विवरण गल्ती भएको भए फोनमार्फत नै सच्याउन सकिनेछ ‘ उनले भने, ‘एमहापी र फोटो एट्याच गर्न छुटेको भए हाम्रो ग्वार्कोसिथ्त कार्यालयमा आएर बुझाउन सकिनेछ ।’ उनले ५ दिनसम्म टेलिफोन नम्बर ०१-५१८६३४९ मा कल गरेर आवदेकको विवरण सच्याउन सकिने बताए ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.