क्योउदाइ रेमिटान्स आइ.एम.इ को नयाबर्ष योजना शुरु-

Everest Fuji News २०७३ चैत्र १७ मा प्रकाशित       Published at 2017 Mar 30


विहिवार , चैत्र १७ जापान। नेपाली हरुको नयाँ बर्ष २०७४ लाई लक्षित गर्दै क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले जापान बाट नेपाल पैसा पठाउने आफ्ना ग्राहक हरुलाई अप्रिल एक तारिक बाट अप्रिल ३० तारिक सम्म प्रत्येक दिन दुइ जनाले प्राप्त गर्ने गरि आकर्षक उपहार र हरेक हप्ता एक जनालाई बम्पर उपहार दिने घोषणा गरेको छ| "यसपाली को नयाँ बर्ष,क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले लिएर "आयो हर्षै हर्ष" नाम राखिएको क्याम्पेनको बारेमा क्योउदाइ रेमिटान्सको केन्द्रिय कार्यालय टोक्यो शिनओकुबोमा पत्रकार सम्मेलन गरि विस्तृत जानकारी गराइएको थियो|हरेक दिन दुइ जनालाई पर्ने पुरस्कारमा प्रति व्यक्ति ५,००० येन को गिफ्ट कुपन भौचर को साथमा नयाँ बर्षको योजना अबधिभर हरेक हप्ता एक जनालाई बम्पर उपहार अत्यधिक सुबिधा युक्त कम्प्युटर (ल्यापटप )प्रदान गरिनेछ| जापानको रेमिटान्स बजारमा अलग पहिचान् बनाउन सफल क्योउदाइ रेमिटान्स (आइ.एम.इ) ले आफ्नो ग्राहक हरुको सुबिधा लाइ मध्यनजर गर्दै विभिन्न समयमा बिबिध योजना हरु ल्याउनुको साथै नेपाल र नेपालीहरुको हरेक दुख सुख को सारथि हुदै सामाजिक भूमिका हरु पनि निभाउदै आएको छ |  


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.