नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङ हटाइए

Everest Fuji News २०८१ चैत्र ११ मा प्रकाशित       Published at 2025 Mar 25


काठमाडौँ/



सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । 

हिजो बेलुका सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेको हो । घिसिङलाई हिजोकै मितिबाट लागू हुनेगरी पदबाट हटाइएको बताइएको छ । पटकपटक सरकारले सोधेको स्पष्टिकरणमा चित्तबुझ्दो जवाफ नदिएको भन्दै उहाँलाई पदबाट हटाइएको हो । मन्त्रीपरिषद् बैठकले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको गरिएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.