नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेयो

Everest Fuji News २०८१ फाल्गुन २० मा प्रकाशित       Published at 2025 Mar 04


नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । 

सोमबार नेप्से परिसूचक १३ दशमलव ६२ अंकले घटेर २ हजार ८ सय ७६ दशमलव ६६ बिन्दुमा पुगी कारोबार बन्द भएको छ । सोमबार ३ सय स्क्रिप्सको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ४५ लाख १० हजार ५९५ रुपैयाँमा खरिदबिक्री भएको नेप्सेले जनाएको छ । नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाईफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भएको समेत जनाइएको छ । यसैगरी, दिब्यश्वरी हाइड्रोपावर, सिन्धु विकास बबैंक र हिमालयन रिइन्सुरेन्सको सेयरमा समेत बृद्धि भएको छ । ५ समूहको सूचक बढेका छ भने सोमबार अन्य समूहको उपसूचक १ दशमलव ६८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । सोमबार होटल उपसमूहको सेयर भने १ दशमलव ८८ प्रतिशतले घटेको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.