सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँभन्दा माथी : सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

Everest Fuji News २०८१ चैत्र ५ मा प्रकाशित       Published at 2025 Mar 19


नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब रुपैयाँभन्दा माथी पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ पुगेको समेत जनाएको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४६ दशमलव ९१ प्रतिशत रहेको समेत सो कार्यालयले उल्लेख गरेको छ । फागुनसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋणका आधारमा हरेक नेपालीको भागमा ९१ हजार रुपैयाँ बराबर ऋणको भार पर्न आएको समेत सो कार्यालयले जनाएको छ । गएको असारमा प्रति नेपाली ऋण ८३ हजार रुपैयाँ रहेको थियो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार कुल तिर्न बाँकी सार्वजनिक ऋणमध्ये आन्तरिक १३ खर्ब १५ अर्ब ५७ करोड र बाह्य १३ खर्ब ६० अर्ब ४६ करोड रुपैयाँ रहेको जनाएको छ । अहिलेसम्म विदेशी विनिमयदरमा भएको परिवर्तनका कारण मात्रै ६६ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण बढेको कार्यालयले जनाएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.