सिरियाको एक चर्चमा भएको आत्मघाती बम विस्फोटमा परि २२ जनाको मृत्यु , ६३ जना घाइते

Everest Fuji News २०८२ असार ९ मा प्रकाशित       Published at 2025 Jun 23


काठमाडौं /


सिरियाको राजधानी दमास्कसमा अवस्थित एक चर्चमा भएको आत्मघाती बम विस्फोटमा परि २२ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएको सिरियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

हिजो साँझको प्रार्थनाको क्रममा ड्वेइला क्षेत्रमा रहेको ग्रीक अर्थोडक्स चर्च अफ द प्रोफेट एलियासमा एक व्यक्ति बन्दुकसहित प्रवेश गरी अन्धधुन्ध गोली चलाउदा गोली लागी उनीहरुको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । उक्त आक्रमणकारी इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध रहेको समेत बताइएको छ । यद्यपि हालसम्म आईएसले यस आक्रमणको जिम्मा भने लिएको छैन । प्रत्यक्षदर्शी लरेन्स माआमारीले बाहिरबाट कुनै व्यक्ति हतियार सहित चर्चमा छिरेर गोली चलाउन थालेको र मानिसहरूले उसलाई रोक्ने प्रयास गरेपछि उसले आत्मघाती विस्फोट गराएको समेत बताएका छन् । बशर अल–असदको सरकार इस्लामवादी विद्रोहीहरूले डिसेम्बरमा सत्ताच्युत गरेपछि १३ वर्ष लामो गृहयुद्धको अन्त्य भएको थियो । त्यसयता दमास्कसमा भएको यो पहिलो आत्मघाती आक्रमण भएको समेत उल्लेख गरिएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.