काठमाडौं /
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेका छन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध गर्दै आएका छन् । सांसदहरूको विरोधका बीच सभा सञ्चालन हुँदै आएको छ । आज बसेको बैठकमा मन्त्रीहरूले जवाफ दिने कार्य समेत जारी रहेको छ । कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले जवाफका लागि मन्त्रीहरूलाई बोलाएपछि रास्वपा र राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरि सदनबाट बाहिरिएका छन् । आफूहरुको माग सुनुवाइ नभएको भनेर दुवै दलका सांसदहरले मन्त्रीको जवाफ नसुन्ने उद्घोष गर्दै सभाकक्षबाट बाहिरिएको बताएका छन् । भने रास्वपाका केही सांसदहरु विदेश भ्रमणमा रहेका छन् ।।