शिक्षकका जायज माग कुनै शर्तबिना तुरुन्त पूरा गर्नु पर्नेमा प्रचण्डको जोड

Everest Fuji News २०८२ असार ९ मा प्रकाशित       Published at 2025 Jun 23


काठमाडौं /


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकका जायज माग कुनै शर्तबिना तुरुन्त पूरा गर्नु पर्नेमा जोड दिनुभएको छ । 

आज नेपाल शिक्षक महासंघका पदाधिकारीसँग आफ्नै निवास खुलमटारमा भएको भेटबार्ताको क्रममा उहाँले सो कुरालाई जोड दिनुभएको हो । उहाँले देशको भविष्यसँग सम्बन्धित पेशा भएकाले शिक्षकका मागप्रति सरकार गम्भीर बन्नुपर्ने समेत बताउनु भएको छ । सरकारले ‘शिक्षकका मागहरू पूरा भएनन्’ भन्ने बहाना बनाउन नसकोस् भनेर सदनको अवरोध हटाउने निर्णय गरेको समेत उहाँले बताउनु भएको छ । सो भेटका क्रममा महासंघका प्रतिनिधिहरूले सरकारले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा उदासीनता देखाएको गुनासो गर्दै ती सहमति तुरुन्त कार्यान्वयन गराउन विपक्षी दलको बलियो साथको अपेक्षा राखेको समेत बताएका छन् । उनीहरूले शिक्षा क्षेत्रलाई राजनीतिक अस्थिरता र अनिश्चितताको चपेटाबाट मुक्त गराउन तथा शिक्षकहरूसँग भएका सहमति तुरुन्त कार्यान्वयन गर्न आग्रह गरेको बताइएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.