सरकारले ल्याएको बजेटले नीजि क्षेत्र उत्साहित

Everest Fuji News २०८२ जेठ १७ मा प्रकाशित       Published at 2025 May 30



काठमाडौं /

सरकारले ल्याएको बजेटले नीजि क्षेत्र उत्साहित भएको जनाएका छन् । 

सरकारले हिजो सार्वजनिक गरे बजेटका बारे संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्नेक्रममा उनीहरुले सो कुरा बताएका हुन । उनीहरुले निजि क्षेत्रले दिएका सुझावहरुलाई समेटेर बजेट आएको भन्दै उत्साह भएको समेत बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटमा निजी क्षेत्रले दिएका मध्ये धेरै सुझाव समेटिएको बताउनु भएको छ । उहाँले यसअघि बजेटमा रहेका बिषयहरु कार्यान्वयन नहुदा समस्या देखिएको भन्दै अहिले ल्याएको बजेट कार्यान्वयन हुने विश्वास समेत व्यक्त गर्नुभएको छ । उहाँले उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावलाई कार्यान्वयन गर्दै जाने सरकारको प्रतिवद्धता सकारात्मक रहेको समेत बताउनुभएको छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजि क्षेत्रलाई समेटेर बजेट आएकाले सकारात्मक रहेको बताउनु भएको छ । सरकारले राखेको राजस्वको लक्ष्य समेत सम्भव रहेको उहाँले बताउनुभएको छ । उहाले बजेटलाई प्रभावकारी रुपमा कार्यान्यन गर्न सके लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हुन सक्ने समेत बताउनु भएको छ । 

अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेटलाई मुस्कानका साथ स्वागत गरिएको बताउनुभएको छ । उहाँले नाडाको मागलाई सरकारले अर्थपूर्ण रुपले समेटेको समेत बताउनुभएको छ । अन्य व्यवसायीहरुले अव सरकारले बजेटको कार्यान्वयनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.