माग पूरा नभए वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षासमेतआन्दोलनरत शिक्षकहरुले बहिष्कार गर्ने

Everest Fuji News २०८२ बैशाख २ मा प्रकाशित       Published at 2025 Apr 15


काठमाडौं/

आन्दोलनरत शिक्षकहरुले समस्या समाधानका लागि अब प्रधानमन्त्रीसँग मात्रै वार्ता गर्ने बताएका छन्।विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरु अहिले काठमाडौं केन्द्रित आन्दोलनमा छन्। साढे २ महिनादेखि आन्दोलनका विभिन्न चरण पार गर्दै शिक्षकहरु गत चैत २० गतेदेखि लगातार माइतीघर बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन्।सरकारले विगतका सहमति कार्यान्वयन नगरेको भन्दै उनीहरुले यसपटकको आन्दोलन निर्णायक भएकाले कुनै पनि हालतमा ऐन लिएर मात्र फर्कने बताउँदै आएका छन्। शिक्षकहरुको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान र एसइईको उत्तर पुस्तिका परीक्षण प्रभावित भएको छ।महासंघले माग पूरा नभए वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षासमेत बहिष्कार गर्ने निर्णय गरेको छ। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.