काठमाडौं/
इन्डियन प्रिमियर लिग आइपीएलमा चेन्नाई सुपर किङ्सले लखनउ सुपर जायन्सलाई हराएको छ। चेन्नाईले लखनउलाई ५ विकेटले हराएको हो।
यो चेन्नाईको प्रतियोगितामा दोस्रो जित हो ।लखनउस्थित भरत रत्नश्री अटल बिहारी भाजपाए एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले १६६ रन बनायो। लखनउले दिएको १६७ रनको विजय लक्ष्य पछाएको चेन्नाईले १९।३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।चेन्नाईका लागि ब्याटिङतर्फ शिवम दुवैले ४३ रनको अविजित पारी खेले। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। ओपनरद्वय शाइक रशिद र रचिन रविन्द्रले क्रमशस् २७ र ३७ रन बनाए।कप्तान महेन्द्र सिंह धोनी २६ रनमा अविजित रहे। लखनउको लागि बलिङतर्फ रवि विष्नोइले २ विकेट लिए। दिग्वेश राठी, आवेश खान र एडन मक्रमले समान १(१ विकेट लिए।त्यसअघि, ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। लखनउको लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले। उनले ४९ बलमा समान ४ चौका र ४ छक्का प्रहार गरे। ओपनर मिचेल मार्सले ३०,आयुष बढोनीले २२ र अब्दुल सामतले २० रन बनाए।