फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५ औं स्थानमा

Everest Fuji News २०८१ चैत्र २२ मा प्रकाशित       Published at 2025 Apr 05


काठमाडौं/

फिफा वरियतामा नेपाल पुरुष फुटबल टोली १७५ औं स्थानमा रहेको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपालको वरियता सो स्थानमा रहेको उल्लेख गरेको छ । यसैगरी, दक्षिण एशियामा भारत र माल्दिभ्सपछि नेपाल तेस्रो स्थानमा रहेको जनाएको छ । भारत १२७ औं र माल्दिभ्स १६४ औं स्थानमा झरेको समेत फिफाले जनाएको छ । नेपालभन्दा पछि रहेको भुटान १८२ औं स्थानमा यथावत् छ भने बङ्गलादेश दुई स्थान सुधार गर्दै १८३ औं स्थानमा उक्लेको छ । पाकिस्तान १९८ औं र श्रीलङ्का २०० औं स्थानमा रहेको फिफाले जनाएको छ । विश्व च्याम्पियन अर्जेन्टिना फिफा वरियताको शीर्ष स्थानमै यथावत् रहेको छ । एशियाली राष्ट्रहरू मध्ये सबैभन्दा अघि रहेको जापान १५ औं स्थानमा रहेको बताइएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.