काठमाडौं/
प्रतिनिधि सभा अन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिले चैत्र १५ गते भएको घटनाका दोषीहरु उपर छानविन गरि कानूनी कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सरकारलाई सो निर्देशन दिएको हो । बैठकले राजावादीहरुले गरेको विरोध प्रदर्शनका नाममा घटाएको हिंसात्मक घटनाको भत्र्सना गर्दै दोषीहरु उपर आवश्यक छानविन गरि कानूनी कारवाही अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।
बैठकले तीनकुने र आसपासको स्थानमा आगामी दिनमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्ना लगाएतका कुनै कार्यक्रमका लागि अनुमति नदिन समेत सरकारलाई निर्देशन दिएको छ । त्यस्तै आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरु दोहरिनबाट रोक्न एवं मुलुकको व्यवस्था रक्षाका लागि गम्भीरताका साथ अघि बढ्न सरकारलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभएको छ ।