राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष लिङदेनको आरोप

Everest Fuji News २०८१ चैत्र १७ मा प्रकाशित       Published at 2025 Mar 31




राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाउनु भएको छ । 

सोमबार बसेको प्रतिनिधि सभाको बिशेष समयमा बोल्ने क्रममा उहाँले सो आरोप लगाउनु भएको हो । उहाँले गणतन्त्रमा पुगेपछि मुलुक कस्तो अवस्थामा छ भन्ने जनताले राम्रोसंग हेरेको भन्दै राजा हटाएर देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाउनु भएको छ । उहाँले व्यवहारमा सुधार नगरेसम्म गणतन्त्रको विरोध मात्रै नभई जनताले व्यवस्था उल्टाउने तर्क समेत गर्नुभएको छ । उहाँले १५ गतेको घटनालाई राज्यले नियन्त्रणमा लिन नसकेको र उल्टै नागरिकमाथि सरकारले दमन गरेको आरोप समेत लगाउनु भएको छ । 

सोही बैठकमा राप्रपाका सचेतक ज्ञानबहादुर शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहका बिषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति सदनको रेकर्डबाट हटाउन माग गर्नुभएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.