बिराटनगर/
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने बताउनु भएको छ ।
सोमबार बिराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्नेक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अहिले देखिएको विकृति र विसंगति अन्त्य गर्न आफुहरु तयार रहेको भन्दै हिंसाको जगमा व्यवस्था परिवर्तन गर्ने कुरा मान्य नहुने समेत उहाँले बताउनुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प भनेको सुधारिएको उन्नत र परिष्कृत लोकतन्त्र मात्र भएको धारणा राख्नुभएको छ । मन्त्री पौडेलले नागरिक अधिकार, आफैले निर्वाचित गरेको जनप्रतिनिधि, बोल्न पाउने अधिकार लगायतका विषय लोकतान्त्रिक गणतन्त्रमा मात्र पाइने सबैले बुझ्नुपर्ने समेत बताउनु भएको छ ।
स्वास्थ्य मन्त्री पौडेलले निजी मेडिकल कलेजहरुले चिकित्सकहरुलाई र्र्दिइने सुविधा बारे सरकारले ल्याएको नीति कार्यान्वयन गर्नुपर्ने र यसका लागि सहमतिको बिन्दु पहिल्याउने कार्य भईरहेको जानकारी दिनुभएको छ । उहाँले आफुहरुले ल्याउन लागेको स्वास्थ्य बिमाको योजना कार्यान्वयन भएमा स्वास्थ्य क्षेत्रमा समाजवाद स्थापना गर्ने दावी गर्नुभएको छ ।।