प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधान सभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गर्नुभएको बताउनु भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो । यही चैत १५ गते भएको घटनाबारे जानकारी दिने क्रममा उहाँले यी सबै घटनाको मुल जिम्मेवार पुर्वराजा शाहको समेत भएको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले तीनकुले घटना सबै निन्दनीय र खेदजनक कार्य भएको समेत बताउनु भएको छ । उहाँले यस्ता घटनामा संलग्नहरु माथि जोसुकै भएपनि कडा प्रशासनिक कारबाही गरिने समेत बताउनु भएको छ । सोही बैठकमा प्रधानमन्त्री ओलीले थाइल्यान्डको औपचारिक भ्रमण र बिमस्टेक शिखर सम्मेलनमा आफ्नो सहभागिता बारे संसद्लाई जानकारी समेत गराउनुु भएको छ । यही चैत १९ गतेबाट थाइल्यान्डमा नेपालका प्रधानमन्त्रीबाट पहिलो औपचारिक भ्रमण हुन लागेको समेत उहाँले बताउनु भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्यान्डका नरेश र समकक्षीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम तय भएको बताइएको छ ।।