नेपाल प्रिमियर लिग क्रिकेट खेलमा सुदूरपश्चिम रोयल्सको जित

Everest Fuji News २०८१ मंसिर १८ मा प्रकाशित       Published at 2024 Dec 03


नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्ग्सलाई ९० रनले हराएको छ । 

सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा ९२ रनमा अलआउट भयो । विराटनगरका बसिर अहमदले सबैभन्दा धेरै २४ रन बनाए । सुदूरपश्चिमका अभिनाश बोहरा र स्कट कुगेलेनले ३÷३ विकेट लिए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ५७ रन बनाए । विराटनगर किङ्ग्सका अनिल खरेलले ३ विकेट लिए । प्रतियोगितामा विराटनगरको यो लगातार दोस्रो हार हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्सँग पराजित भएको थियो । सुदूरपश्चिमले भने जीतसँगै प्रतियोगिताको शुरुआत गरेको छ । एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजदेखीे चितवन राइनोज र पोखरा एभेन्जर्सबिच खेल भइरहेको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.