प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्ता

Everest Fuji News २०८१ मंसिर १८ मा प्रकाशित       Published at 2024 Dec 03


चार दिने औपचारिक भ्रमणकालागि चिनको बेइजिङपुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबिच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्ता भएको छ । 

सो भेटवार्तापछि दुई देशबीचको आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको जनाएको छ । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवद्र्धन, प्राविधिक सहयोग आदान प्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । यसैबीच प्रधानमन्त्री ओलीले आजै बेइजिङको तियानमेन स्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरुको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गर्नुभएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका रहेको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.