चीन भमणमा ऋण सम्बन्धि कुनै पनि सम्झौता नगर्ने

Everest Fuji News २०८१ मंसिर ११ मा प्रकाशित       Published at 2024 Nov 26


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भमणमा ऋण सम्बन्धि कुनै पनि सम्झौता नगर्ने बताउनु भएको छ । 

मंसिर १७ गतेदेखि हुने चीनको औपचारिक भ्रमणबारे सोमबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्रीहरुसँगको सामूहिक छलफलमा उहाँले कुरा बताउनु भएको हो । छलफलमा प्रधानमन्त्री ओलीले चीनसँग सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा आफनो भ्रमण केन्द्रित हुने समेत बताउनु भएको छ । छलफलमा नेपाल र चीनबीच भएका पुराना सम्झौता तथा समझदारीहरुलाई कार्यन्वयन गर्ने विषयमा पनि छलफल भएको उहाँले बताउनु भएको छ । विशेष गरेर किमाथान्का प्रोजेक्ट र ट्रान्समिसन लाइन निर्माणको सम्भावनाको बारे प्रधानमन्त्रीले छलफलका क्रममा राख्ने उहाँले बताउनु भएको छ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा सरकारले ऋण लिन नहुने बताउनु भएको छ । उहाँले ऋण लिनेभन्दा पनि अनुदान लिनु पर्नेमा जोड दिनुभएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.