भन्सार महसुल घटाएसँगै सुनको मुल्यमा १५ हजार ९ सय रुपैयाँले घटेयो

Everest Fuji News २०८१ मंसिर ११ मा प्रकाशित       Published at 2024 Nov 26


सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको मुल्यमा सोमबार १५ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचााँदी व्यवसायी महासंघले जनाएको छ ।

म्हासंघका अनुसार आइतबार १ लाख ६७ हजार दुई सय रुपैयाँ रहेको सुनको मुल्यमा १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । गत कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको मुल्य कात्तिक अन्तिममा लगातर घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो । यस्तै सोमबार चाँदीको मुल्यमा पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ । सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै सोमबार ठूलो परिमाणमा मुल्य घटेको हो ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.