नेपाली ध्वजावाहाक वायु सेवा निगमले आजै गएर अाजै ल्यायो काबुलबाट २४ नेपालीलाई

Everest Fuji News २०७३ असार ८ मा प्रकाशित       Published at 2016 Jun 22


image असार ८, २०७३- सोमबार अफगानिस्तानको काबुलमा आतंकवादी हमलामा मारिएका १२ नेपालीसहित २४ जना कामदारलाई लिएर राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको चार्टर विमान काबुलबाट काठमाडौंका लागि उडेको छ । बिहान साढे ३ बजे काबुलको लागि उडेको एयरबसले काबुल घटनामा मारिएकाको शव र २४ जना कामदारलाई लिएर आउन लागेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । उनको अनुसार विमान करिब ३ बजे तिर काठमाडौंमा अवतरण गर्ने छ । साभार : ईकान्तिपुर


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.