काठमाडौं /
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स युएई को फ्लाई दुबईले उडानको सुरुवात गरेको छ।
आज दिउँसो २स्३५ बजे १५९ यात्रुसहित भैरहवा विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईलाई विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो। १५९ मध्ये १० जना भैरहवा ओर्लिएको र पुन बाँकी १४९ यात्रुसहित उक्त विमान भैरहवाबाट काठमाडौं प्रस्थान गरेको र त्यहाँबाट दुबई जाने तालिका रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारीले जानकारी दिएका छन ।
फ्लाई दुबईको उडान भोलि आइतबारको भए तापनि एकदिन अघि शनिवार नै उडान गर्दा विमानले भैरहवाबाट यात्रु नपाएको बताइएको छ।विमानस्थलबाट आजदेखि एकैदिन नेपाल एयरलाइन्स, जजिरा एयरवेज र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्दैछन्। जजिराले शनिबार बिहान भैरहवा आएर यहाँबाट कुवेतका लागि उडान भरिसकेको छ भने नेपाल एयरलाइन्सले राति भैरहवाबाट उडान गर्ने सूचना अधिकारी राउतले बताए।संयुक्त अरब इमिरेट्स युएई फ्लाई दुबईले शनिवार मध्यान्ह देखि साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई एक उडान गर्ने तालिका छ। यस्तै थाई एयर एशियाले साताको सोमबार र बिहीवार एक उडान र जजिरा एयरवेजले साताको तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्नेछन्।
हाल विमानस्थलबाट चार वटा वायुसेवा कम्पनीले सुरुवात गरे पनि सरकारले अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई पनि विमानस्थलमा ल्याउनुपर्ने भनाई छ।