अमेरिकामा पत्रकार मोहनसिंह लामाको अनलाईन पत्रिका शुरु

Everest Fuji News २०८१ भदौ ३१ मा प्रकाशित       Published at 2024 Sep 16


न्यूयोर्क, अमेरिका ।

नेपालमा लामो समय पत्रकारिता गरेका मोहनसिंग लामाले अमेरिका स्थित न्यूयोर्कमा आईतवार औपचारिक रुपमा डिजिटल अनलाइन पत्रिका सुभारम्भ गरेका छन ।

लामा अध्यक्ष रहने गरी केही सहकर्मीहरुका साथ सो पत्रिका संचालनमा ल्याएका हुन । पत्रिकाको नाम एन वाई सी नेपाल डट कम ( NYCNEPAL.COM) रहेको छ ।


उद्घाटन कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघ ( NEAJA ) का अध्यक्ष सुरज भण्डारी, न्युयोर्कमा रहेका बिभिन्न नेपाली संघसँस्था पदाधिकारीहरु, पत्रकारहर,सामाजिक अभियन्ताहरु, लगायत बिलिध बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नेपालीहरुको घना बस्ती भएको न्यूयोर्क स्थित सुनीसाईडमा रहेको “बाजेको सेकुवा कर्नर”नामक नेपाली रेष्टुरेन्टको सभाहलमा भएको सो उद्घाटन सत्रमा विविध बिधाका व्यक्तित्वहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा एभरेष्टफुजी न्यूज़ डट कम कि अध्यक्ष तथा सम्पादक प्रेमिला गोचन, NEAJA का पूर्व क्षेत्रिय संयोजक तथा पर्यटन दूत गोकूल श्रेष्ठ,पत्रकार मच्छेदेवि गुरुंग, म्याग्दी समाज न्यूयोर्क यूएसए इ्ंकका अध्यक्ष नविन तुलाचन, अभिमुखिकरण तालिम केन्द्र ( अधिकार ) कि अध्यक्ष नर्बदा क्षेत्री, गीतकार पद्मामा लिंखा मगर,लगायत बिभिन्न संघ संस्था तथा राजनैतिक भात्रृसंगठनको व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।


पत्रकार मोहनसिंह लामा नेपालमा हुदा राजधानी राष्ट्रिय दैनिक, गोर्खा एफएम लगायत बिबिध संचार गृहमा लामो समयसम्म पत्रकारिता गरेका अनुभवी पत्रकार हुन ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.