Everest Fuji News२०७३ मंसिर १ मा प्रकाशितPublished at 2016 Nov 16
काठमाडौं, २८ कात्तिक –
टिचिङ अस्पतालका प्रा. डा. गोविन्द केसीले आफ्नो १० औं अनसन सुरु गरेका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम०को डिन वरिष्ठताका आधारमा नियुक्त गर्नु पर्ने माग राख्दै उनले आफ्नो दशौं अनसन सुरु गरेका हुन् । उनी आइतबार दिउँसो देखि अनसरमा छन् ।
उनले सरकारलाई आइतवार दिउँसोनै बरिष्ठताको आधारमा डिन नियुक्त गर्न अल्टिमेटम दिएका थिए । त्रिभुवन विश्वविद्यालयले आइतवार मात्रै डाक्टर केशव प्रसाद सिंहलाई डिन नियुक्त गरेको छ । तर केसीले सिंह आफूलाई मान्य नभएको बताएका हुन् ।
वरिष्ठताका आधारमा डिन नियुक्त गर्न थालेपछि केही सुधार भएपनि फेरी राजनीतिक भागवण्डा सुरु भएको उनको भनाइृ छ । उनले डिन नियुक्तीमा असहमति सहित ९ बुँदे माग राखेर अनसन सुरु गरेका छन् ।