सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त हुनुभएको छ ।
सोडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्नुर्भको थियो । सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेसंगै नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षका ५ जना साँसदहरुले असन्तुष्टी जनाउनु भएको छ । सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टीका पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन् । नागरिक उन्मुक्ति पार्टीका पाँचजना साँसदहरुले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै यस्तो बताउनु भएका हो । उहाँहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको प्रस्ट पार्नुभएको छ । उहाँहरुले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाउनुभ भएको छ । जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका गर्नुभएको थियो । उहाँहरु पाँचैजना नाउपाका संरक्षक रेशम चौधरीनिकट साँसद हुनुहुन्छ ।