शेयर बजार परिसूचक नेप्से मंगलबार २७ दशमलव ३९ अंकले घटेर २ हजार ६ सय ६३ अंकमा पुगी कारोबार बन्द भएको छ ।
बजार घटेसँगै मंगलबार कारोबार रकममा समेत गिरावट आएको छ नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये मंगलबार १२ वटा उपसमूह घटेका छन् भने एउटा उपसमूह स्थिर रहेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २ दशमलव ७६ प्रतिशतले घट्दा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूह परिसूचक १ प्रतिशतभन्दा बढीले घटेका छन् । म्युचुअल फण्ड उपसमूह भने मंगलबार स्थिर रहेको छ । तीन सय स्टकको एक करोड तीन लाख ३० हजार कित्ता शेयर मंगलबार ४ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । सोमबार सात अर्ब बढीको कारोबार भएको थियो । घटेको बजारमा मिड सोलु हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो भने ईस्टर्न हाइड्रो पावर कम्पनीको सर्वाधिक साढे ८ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक २७ करोड १७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । ।