भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य दुई राजमार्ग पृथ्वी राजमार्ग र बीपी राजमार्गमा कल्पना नगरेको क्षति भएको बताउनु भएको छ ।
मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री दाहालले प्राकृतिक विपत्तिसँग जुध्न नसकिने भन्दै यससँग सम्झौता गरेरै जानुको विकल्प समेत नभएको बताउनुभएको छ । उहाँले अहिले वैकल्पिक सडकहरुबाट यातायात सूचारु गरिएको र त्यहाँ चल्ने सवारी साधनले केही बढी भाडा लिएको गुनासो आए अनुगमन गरी कारवाही गरिने बताउनु भएको छ ।
काठमाडौं–मुग्लिन सडक खण्डको झ्याप्ले खोलामा भएको कमजोरीबारे अध्ययन गरी दोषी देखिए कारवाही हुने उहाँको भनाई रहेको छ । यो सडकमा अहिलेसम्म नभएको ठूलो दुर्घटना भएको उहाँले बताउनु भएको छ ।।