शेयर बजार मंगलबार उच्च अंकले बढेयो

Everest Fuji News २०८१ आश्विन १६ मा प्रकाशित       Published at 2024 Oct 02


काठमाडौँ /
शेयर बजार मंगलबार उच्च अंकले बढेको छ ।
शेयर बजार परिसूचक नेपाल स्टकएक्सचेञ्ज, नेप्से मंगलबार १ सय १४ दशमलव ७० अंकले बढेर २ हजार ६ सय २३ दशमलव ५६ विन्दुमा पुगी कारोबार बन्द भएकोे छ । मंगलबार सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले उकालो लागेको छ । मंगलबार २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अंकले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ४ अर्ब रुपैयाँको कारोबार नभएकोमा मंगलबार ३ सय ७ वटा कम्पनीका १ करोड ७५ लाख कित्ता शेयर ७ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.