दुई दिनदेखिको अविरल वर्षाका कारण १४ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनासहित १४ सय मेगावाट विद्युत उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । पूर्वाञ्चल क्षेत्रका केही आयोजनामा वर्षाले असर पु¥याएको र केही आयोजनाहरूले सर्तकता अपनाउँदै पावरहाउस बन्द गरिएको छ । मुलुकको अहिलेको कुल आन्तरिक विद्युत् जडित क्षमता ३१ मेगावाट रहेको छ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुगेपछि सो उत्पादन बन्द भएको हो । यो सँगै नेपाल प्राधिकरणको उत्पादन रहेको २२ दशमलव १ मेगावाटको चिलिमे जलविद्युत आयोजना निजी क्षेत्रका २२ दशमलव १ मेगावाटको तल्लो हेवा खोला, २१ द्यशमलव ६ मेगावाटको हेवा खोला तथा बागमती नदीमा बनिहरेको २२ मेगावाटको माण्डु आयोजनमा क्षति पुगेको छ ।।