बुधबार बढेको शेयर बजार बिहिबार पुनः गिरावट

Everest Fuji News २०८१ आश्विन १० मा प्रकाशित       Published at 2024 Sep 26


बुधबार बढेको शेयर बजार बिहिबार पुनः गिरावट भएको छ । 

शेयर बजार परिसूचक नेप्से विहिबार ३२ दशमलव ८१ अंकले गिरावट भै २ हजार ४ सय ८६ दशमलव ७६ विन्दुमा पुगी कारोबार बन्द भएको थियो । विहिबार उत्पादन र व्यापार बाहेक विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको नेप्सेले जनाएको छ । विहिबार ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से उच्च अंकले घटेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने ९ प्रतिशतभन्दा धेरैले बृद्धि भएको छ । नेप्से घटे पनि विहिबार कारोबार रकम भने सामान्य बृद्धि भएको छ । बुधबार चार अर्ब ८१ करोडको कारोबार भएकोमा विहिबार तीन सय २२ वटा कम्पनीका एक करोड ३६ लाख कित्ता शेयर चार अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।। 



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.