सुनको भाउ तोलाको १ लाख ५७ हजार १ सय रुपैयाँ

Everest Fuji News २०८१ आश्विन ४ मा प्रकाशित       Published at 2024 Sep 20


शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ रहेको सुन आज १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो । यसअघि भदौ अन्तिम दिन १ लाख ५७ हजार ३ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो । आज सुनसंगै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८ सय ८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर तोलाको १ हजार ९ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.