पाल्पाको बगनासकाली गाउँपालिका ४ को भित्री सडक खण्डमै जीप दुर्घटना

Everest Fuji News २०८२ बैशाख ८ मा प्रकाशित       Published at 2025 Apr 21


पाल्पा /

पाल्पाको बगनासकाली गाउँपालिका ४ को भित्री सडक खण्ड जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।  दुर्घटनामा घाइते बगनासकाली ४ भालेबासकी ३६ वर्षीया निता दर्लामीको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।सदरमुकाम तानसेनदेखि बगनासकाली ४ भालेबासका लागी छुटेको लु १ ज १७२४ नम्बरको जीप हिजो बेलुका दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना यात्रु रहेकामा अरु सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।एक जना घाइते भएका छन् ।गएराति भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका १ की १८ वर्षीया एलिसा सारुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.