प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

Everest Fuji News २०८१ फाल्गुन २३ मा प्रकाशित       Published at 2025 Mar 07


काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपराह्न १ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन र व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ भने

व्यवस्थापन कार्य अन्तर्गत आज उर्जामन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.