कोरियामा साहित्य सम्मेलन मे ६ र ७ मा हुने-

Everest Fuji News २०७४ बैशाख २१ मा प्रकाशित       Published at 2017 May 04


अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा प्रथम एशियाली नेपाली साहित्य सम्मेलन तथा बिश्व काब्य गोष्ठीको आयोजना आगामी मे को ६ र ७ सौल, कोरियामा हुने भएको छ । सो कार्यक्रममा सहभागी हुन विभिन्न देशहरुबाट भोलिसम्म बिभिन्न अन्तर्राष्ट्रिय सहभागीहरु सौल पुग्दैछन । कार्यक्रममा पदम बिश्वकर्मा, अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अमेरिका ,प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, सल्लाहकार, राधेश्याम लेकाली, बरिष्ठ उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज तथा अध्यक्ष, अनेसास नेपाल च्याप्टर, प्रकाश पौडेल (माइला), उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र भिमसेन सापकोटा, उपाध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सहभागी हुने छ्न । यसैगरी देश सुब्बा, भयबादका प्रवर्तक, हंगकंग, डा. पुष्पा शर्मा, अध्यक्ष, अनेसास सिक्किम च्याप्टर, भारत, बिष्णुप्रसाद घिमिरे, अध्यक्ष, अनेसास जापान च्याप्टर, रक्षा नेपाल, सिक्किम, भारत, दिब्य नेपाल, सिक्किम, भारत, भूमिका पौडेल, जापान, नारायणप्रसाद कंडेल, जापान, देविलाल भण्डारी, जापान, हिमाल भट्टराई, जापान, जीवन केसी, जापान, दण्डपानी कंडेल, जापान, बलबहादुर केसी, जापान, दीप पाठक, जापान, हेमन्त गिरि, जापान, अरुण पौडेल, जापान, पेम्बा लामा, जापान, रामु खड्का, जापान, कमला बिके रिसाल, नेपाल, ऋषिराम बराल आदि पनि सो कार्यक्रममा सहभागी हुने छन । कार्यक्रममा सौल घोषणापत्र जारी हुनेछ भने अनेसासको एसिया समिति पनि निर्माण हुनेछ । यसैगरी समारोहमा विभिन्न कार्यपत्र प्रस्तुति, छलफल, काब्यवाचन, गीत सङीतलगायतका कार्यक्रमहरु हुनेछन । (राधेश्याम लेकालीको फेसबूकबाट : )


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.