दक्षिण कोरियाबाट धुर्मुस सुन्तली फाउन्डेसनलाइ करीब १२ लाख आर्थिक सहयोग

Everest Fuji News २०७३ चैत्र १३ मा प्रकाशित       Published at 2017 Mar 26


दक्षिण कोरिया । बर्दिबास २, महोत्तरी स्थित मुसहर बस्ति निर्माणार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाइ दक्षिण कोरिया निवासी युवाहरुले एघार लाख चौरासी हजार आठ सय त्रिसट्ठी रुपैयाँ सँकलन गरी हस्तान्तरण गरेका छन । दक्षिण कोरियामा रोजगारिको शिलशिलामा आएका कुनै पनि राजनितिक पार्टीमा आबद्द नभएका, कुनै दलको पार्टी झण्डा र आस्था नबोकेका जुझारु स्वतन्त्र र समाज सेवामा सक्रिय युवाहरुको समूह ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान’ नामकरण गरी संकलन गरेका हुन । यस आर्थिक सहयोग संकलन छोटो समयावधी तीन हप्ता मात्र अन्तिम मितिनै तोकेर सुरु गरेको थियो। अभियानमा कोरियामा रहेका करिब चार सय जना भन्दा बढी सहयोगी दाताहरुबाट सहयोग रकम प्राप्त भएको यस आर्थीक सहयोग संकलन संयोजक यम श्रेष्ठले जानकारी गराए । अभियानका मुख्य संयोजक सर्वजित शाह र आर्थिक सहयोग संकलन संयोजक यम श्रेष्ठको अगुवाइमा संकलन उक्त रकम अभियन्ता एल बि श्रेष्ठको संयोजनमा एकदिन श्रमदान गर्दै स्वतन्त्र राष्ट्रप्रेमी सचेत नागरिक एकता अभियानका अभियन्ताहरुको रोहबरमा सो रकम फाउन्डेसनका अध्यक्ष शिताराम कट्टेललाइ हस्तान्तरण गरेका हुन । हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तथा लोकप्रिय हास्य कलाकार सिताराम कटेल (धुर्मुस) र कुन्जना धिमिरे ( सुन्तली) ले सम्पुर्ण सहयोगी मनहरुमा यति ठुलो सहयोग रकम जुताएर सहयोग गर्नु भएकोमा र महा अभियानमा साथ दिनु भएको स धन्यवाद आभार प्रकट गर्नु भएको थियो। सम्पुर्ण नेपाली स्वतन्त्र जनता पनि सचेत र बिबेकशिल बनौ भन्ने मुल आशय रहेको अभियानका संयोजक सर्वजित शाहले बताउनु भएको छ। यसै गरि बिदेशी भुमीमा राजनितिको नाममा आफ्ना दाजुभाइ दिदी बहिनी बिचमा फाटो र बिबाद नहोस् सबैले मिलेर राष्ट्र निर्माणमा आ आफ्नो तर्फबाट सकेको सहयोग र सद्भाव देखाउन सबै एकजुट हुनुको बिकल्प नरहेको अभियन्ता द्वय राम दत्त जोशी (नेपालको राम) र अरुण श्रेष्ठ (इपियस छिङु) ले बताउनु भयो। अर्का अभियन्ता साजन शर्माले (प्रदिप) राजनिती र नेतालाईमात्र गालीगरेर समय फाल्नु भन्दा मानविय सेवा र सद्भावकोलागी समर्पित हुनूपर्नेमा जोड दिनुभयो।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.