प्रेमिला गौचन
नोवेम्वर -२२,जापान।
जापानमा एकाबिहानै जापानी अर्थक्वइक मिटोरोलोजिकल मापन अनुसार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। फुकुशिमा प्रिफिक्चरलाई केन्द्र बिन्दु बनाएर ५:५९ मा आएको भूकम्पबाट सुनामी आउने खतराले त्यहाको स्थानियबासिलाई सचेत रहन आग्रह गरेका छ । इशोनोमाकी,आवोमोरी , इवाते , इवाराकी,ओमाची र माचिदा सिटीमा ख़तरामुक्तस भएको जनाएको छ भने अझै फुकुशिमा र सेन्डाइबासिलाई सचेत रहन आग्रह गरेको छ ।
प्रधानमन्त्री सिन्जे आबेले सजग रहन स्थानीयबासिलाई बिहान ९ बजे नै भुकम्प प्रभावित क्षेत्रलाई सम्बोधन गरेका छन ।
दैनिक २५ उडान भर्ने फुकुशिमाको लागि उड्ने सेन्डाइ हावाई मार्ग पनि बन्द गरिएको जापान पर्यटन मन्त्रालयले जनाएको छ ।
आजको भुकम्पको कारण जापानको शेयर मार्केट्सहरुलाई केही असर पर्यो पनि अन्य कारोवारहरु भने सेफ ल्यान्डिङ भएको NHK जापानले जनाएको छ ।
यो समाचार तयार पार्दा सम्म अहिले सम्म दु:खद समाचार नभएको तर ६ जना सम्म साधारण घाइते भएका छन र उनिहहरु अहिले स्थानीय अस्पतालमा उपचार गरिरहेका छन । ति मध्य ६५ वर्षको महिला भने सुतिरहेको अवस्थामा भुकम्प आउदा उनी एक्कासी बेडबाट लड्दा उनको पाखुरा भाचिएको NHK जापानले लाइब समाचार दिएको छ ।
र स्थानियबासिहरु हरु प्राथमिक सामानहरु लिएर सुरक्षित क्षेत्रमा भागेको आफ्नो अनुभव सुनाएका छन ।
फुकुशिमा भएको आणविक दाई इचीमा पनि कुनै क्षति नभएको एजेन्सिले जनाएको छ ।
यस्लाई सन २०११ को सुनामिले भने क्षति पुर्याएको थियो । तर हिरोकी ताबुचिले ले NHK लाई उद्द्रित गर्दै आफ्नो टिविट्मा लेखेकी छन , 'आणविक भट्टिमा चहिने २५०० फ्युल रडसलाई भने बन्द गरिएकोले यस्लाई सामान्य अवस्थामा ल्याउन १ हप्ता लाग्ने बताएकी छिन । "
उक्त प्रभावित क्षेत्रमा बिहानै ९:५० मा हेलिकप्टर तैनाथ गरिएको छ , जसले आपतकालीन सुरक्षित गर्नका लागि सहज होस।
नदी किनार हरुमा प्रहरीहरु तैनाथ गरिएको छ भने जापानी मिटरोलोजिकल अझै एलर्ट गरिएको छ । र स्थानीयबासिलाई अझै अग्लो ठाउमा बस्न आग्रह गरिएको छ । र अहिले उनिहरु बिभिन्न सुरक्षित ठाउँ हरुमा सामुहिक रुपमा सेल्टर गरी बसी रहेका छन । सफ्ट बैंक , ए यू ,दोकोमो मोबाईल कम्पनी लगायत अन्य संचारका माद्यमहरुलाई पनि यस भुकम्प असर गरेको स्थानियबासीहरुको भनाइ छ ।
उक्त क्षेत्रको रशायन उत्पादन गर्ने कम्पनी लगयत कलाकारखानाहरुमा पनि त्यस समयमा कामदार नभएकोले कुनै घाइते नभएको जापानी संचार माध्यमले हरुले जनाएको छ।
उक्त क्षेत्रमा सन २०११ मा सुनामीले १८ हजार जनाको ज्यान लिएको थियो भने केही नेपालीहरु पनि हताहत भएका थिए ।