भारतमा गर्मीका कारण दिल्ली सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको छ ।
गत सोमबारदेखि दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियसमाथी पुगेको र सो तापक्रम बढ्दै गएकाले विद्यालय बन्द गर्न निर्देशन दिएको बताइएको छ । गत सातादेखि धेरै राज्यमा गर्मी बिदाको घोषणा भइसकेको छ । भारतीय मौसम विभागले यस साता राजधानी दिल्लीमा कडा गर्मी हुने भविष्यवाणी गरेको छ । विश्वव्यापी जलवायु परिवर्तनका कारण मौसममा असर परेको वैज्ञानिकहरू बताउँछन् । लू को लहरको अवधि पहिलेको भन्दा बढेको र लू पनि पहिलाको भन्दा कठोर बन्दै गएको बताइएको छ ।।