राष्ट्रपति रामचन्द्र पौडेल र जापानकी परराष्ट्र मन्त्री कामीकावा योको बिच भेटवार्ता

Everest Fuji News २०८१ बैशाख २४ मा प्रकाशित       Published at 2024 May 06


काठमाडौँ/

नेपाल भ्रमणमा आउनुभएकी जापानकी परराष्ट्र मन्त्री कामीकावा योकोले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमला दाहालसँग शिष्टाचार भेटवार्ता गरि हिजो नै स्वदेश फर्कनु भएको छ ।शीतल निवासमा भएको भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्बन उत्सर्जन गर्ने विकसित मुलुकहरूले जलवायु परिवर्तनको असर न्यूनीकरणका सन्दर्भमा अत्यन्त गम्भीर भइदिन आग्रह गर्नुभएको थियो । भेटमा नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबिचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने आशा व्यक्त गर्नुभएको थियो । यसैगरी, नेपालको एक दिने भ्रमणमा आउनु भएकी जापानकी विदेशमन्त्री कामीकावाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । उहाँले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दाहालसँग हिजो भेटवार्ता गर्नुभएको हो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.